प्रतिनिधि सभाबाट पारित भएका पाँच वटा अध्यादेश राष्ट्रिय सभामा...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – सरकार विकास बजेट खर्च बढाउन असफल भएको छ । बजेट सार्वजनिक भएको सात महिनासम्म पनि सरकारले जम्मा साढे २२ प्रतिशत मात्रै विकास खर्च गरेको छ । यो आर्थिक वर्षको लागि ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पूँजीगत अर्थात विकास बजेट छुट्याएकोमा माघको अन्त्यसम्ममा जम्मा साढे २२ प्रतिशत अर्थात ७० अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ ।
यस्तै ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ चालु खर्च छट्याएकोमा ७ महिनामा ४१ दशमलव ५३ प्रतिशत अर्थात ३ खर्ब ५१ अर्ब रुपैयाँ खर्च भएको छ ।
यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ खर्ब ७१ करोड रुपैयाँ छुट्याइएकोमा ७ महिनामा २० दशमलव ६४ प्रतिशत अर्थात ३२ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ ।
सरकारले बजेट खर्च सुधार्नको लागि जेठ १५ गते नै बजेट ल्याउने चलन सुरु गरे पनि विकास बजेट खर्चको अवस्था सुध्रन सकेको छैन । यस्तै बजेट खर्च बढाउनकै लागि सार्वजनिक खरिद ऐन सुधार गरिएको सरकारको दावी भए पनि चालु आर्थिक वर्षको ७ महिनाले सरकारको दावीलाई पत्याउने अवस्था देखाएको छैन ।
सात महिनाको खर्च हेर्दा सरकार विकास बजेट खर्चमा असफल देखिएको अर्थविद्हरुले दावी गरेका छन् । ‘सात महिनामा २२ प्रतिशत विकास बजेट खर्च भनेको सरकारको लागि राम्रो संकेत होइन, खर्चको यो अनुपात बढाउन नसकेमा सरकारका धेरै लक्ष्य पूरा नहुन सक्छन्’ पूर्व अर्थ सचिव शान्तराज सुवेदीले उज्यालोसँग भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।