समसामयिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रहार गर्दै सिस्नोपानी नेपालक...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘गली ब्वाय’ फेब्रुअरी १४ मा प्रदर्शन हुँदैछ । यतिबेला बलिउडमा रणवीर सिंहको यस फिल्मको जति चर्चा भइरहेको छ त्योभन्दा पनि बढी चर्चा उनले लगाएका लुगाहरुको भइरहेको छ ।
रणवीर सिंहले फिल्म प्रमोशनका क्रममा अनौठा किसिमका लुगाहरु लगाएका कारण सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको खिल्ली उडाइरहेका छन् । रणवीर सिंहले बर्लिन फिल्म फेस्टिवलमा उनको फिल्म ‘गली ब्वाय’ को स्क्रिनिङमा लगाएका लुगाले त झन सबैको ध्यान आकर्षित गर्न सफल भए ।
रणवीर अहिले उनले लगाएका अनौठा लुगाका कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । रणवीर सिंहलाई उनले लगाएका लुगाका अनुसार बाघ, चितुवा, जेब्र लगायतका जनावरसँग तुलना गरिएको छ ।
रणवीर सिंहका साथ भेटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता अनुपम खेर, पंकज त्रिपाठीले पनि रणवीरकै जस्तो ड्रेसअप गरेको भन्दै उनीहरुको फोटो राखिएको छ ।
रणवीर सिंहका साथ अभिनय गरेका अभिनेत्री सारा अली खान र आलिया भट्टको ड्रेसिङ्ग सेन्स पनि बद्लिएको भन्दै यस्तो फोटो राख्दै मजाक उडाइएको छ ।
रणवीरले रंगीचंगी लुगा र जुत्ता लगाएपछि त झनै उनी र उनकी श्रीमती दीपिका पादुकोणको भविष्यमा जन्मिने सन्ताहरु कस्ता हुनेछन भन्दै रणवीरलाई ट्रोल गरिएको छ ।
रणवीर सिंहले घरमा पोछा लगाउन राखेका लुगा समेत लगाउने गरेकाले काम गर्ने पनि हैरान भएको भन्दै उनको मजाक उडाइएको छ ।
तर रणवीर सिंहको ड्रेसिङ्ग सेन्सको मजाक उडाइए पनि उनी एक उत्कृष्ट कलाकारको रुपमा बलिउडमा स्थापित भइसकेका छन । रणविर सिंह अभिनित फिल्म ‘राम लीला, बाजिराव मस्तानी, पद्मावत, सिम्बा बलिउडका सुपरहिट फिल्म हुन ।
उनी अभिनित पछिल्लो फिल्म ‘गली ब्वाय’ फेब्रअरी १४ मा प्रदर्शन हुँदैछ ।
जोया अख्तरको निर्देशन रहेको यस फिल्ममा रणवीर सिंहका साथै अभिनेत्री आलिया भट्ट र कल्की कोचलिनको मुख्य भूमिका रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।