जनताको जलविद्युत आयोजना : ‘नेपालको पानी, जनताको लगानी : हरेक नेपाली जलविद्युतको शेयर धनी’

 फागुन १, २०७५ बुधबार १९:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्ने भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बिहीबार काठमाण्डाैमा एक कार्यक्रमका बीच आयाेजनाकाे घोषणा गर्न लागिएको जानकारी दिनुभएको हो ।

बुधबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रियसभा गृहमा घोषणा गर्नुृहुने त्याे कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको पनि स्पष्ट पार्नुभयो । स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले त्यस कार्यक्रमको औपचारिक घोषणा गर्न लागिएको हो । 

कार्यक्रमका लागि आवश्यक कानुनी प्रावधान र संरचना तयार भएकाले कार्यान्वयनका लागि त्याे कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको पनि मन्त्री पुनले स्पष्ट पार्नुभयो ।

‘नेपालको पानी, जनताको लगानी : हरेक नेपाली जलविद्युतको शेयर धनी’ भन्ने मूल नारा तय गरिएको यस कार्यक्रममा सरकारले ३ हजार ७ सय ७९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । यस आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर  तथा प्रभावित क्षेत्रका जनताको १९ प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्री पुनले जनताको छरिएर रहेकाे पूँजीले धान्ने गरी त्याे आयोजना छनौट गरिएको बताउनुभयो । कार्यक्रमअन्तर्गत यस आयोजनाका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया