एनआईसी एशिया रेमिट अफर : एउटा विप्रेषण कारोबार गर्दा अर्को सित्तैमा

 फागुन २, २०७५ बिहीबार ८:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया रेमिटमार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना ल्याएको छ ।

स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरुका लागि उच्चतम सेवा दिन यस्तो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले यो योजना २०७५ साल फागुन र चैत दुई महिनाका लागि ल्याएको हो । 

यस अवधिमा बैंकको ग्राहक तथा कुनै पनि व्यक्तिले एनआई एशिया रेमिटमार्फत नेपालभरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया रेमिटमार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्यून शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकका लागि अझ बढी लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

एनआईसी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको देशभर फैलिएको २७६ शाखा कार्यालय, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाइ तथा ६ हजार ७०० भन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यो सुविधाबाट ग्राहकले पैसा पठाउँदा झन्झटरहित तरिकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ ।

एनआईसी एशिया बैंक २७६ शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखारहित बैंकिङ ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया