सरकारले वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै

 फागुन २, २०७५ बिहीबार ८:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । उहाँले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

त्यसअघि प्रधानमन्त्री ओलीले बिहान १० बजे ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको र काठमाण्डौको राष्ट्रिय सभागृहमा साढे १० बजे जनताको जलविद्युत आयोजना कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका छ । 

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा तय गरिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ । आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका नागरिकको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

ओली नेतृत्वको सरकार गठन भएको भोलि एक वर्ष पूरा हुँदैछ । दुईतिहाईको सरकार गठन भए पनि काम भन्दा धेरै कुरामात्र भएको गुनासो बढ्दै गएको छ । यो एक वर्षमा सरकार विकास बजेट खर्च बढाउन असफल भएको छ । बजेट सार्वजनिक भएको सात महिनासम्म पनि सरकारले जम्मा साढे २२ प्रतिशत मात्रै विकास खर्च गरेको छ । सरकारले बजेट खर्च सुधार्नको लागि जेठ १५ गते नै बजेट ल्याउने चलन सुरु गरे पनि विकास बजेट खर्चको अवस्था सुध्रन नसकेको हो ।

यसैगरी यो एक वर्षमा व्यापार घाटा बढेको छ भने नेपाललाई चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८५ अर्ब रुपैयाँ शोधान्तर घाटा भएको छ । तर विदेशी मुद्रा सञ्चितिको स्थिति भने उस्तै रहँदा वैदेशिक लगानी पनि घटेको छ । 
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया