पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
पाल्पा – प्रेमको प्रतिक मानिने पाल्पाको रानीघाट दरबारमा प्रेम साट्नेहरुको बिहानैदेखि भीड लागेको छ ।
रानी तेजकुमारीको सम्झनामा तत्कालीन राजा खड्ग शम्सेरले झण्डै १ सय २० वर्ष पहिले बनाएको यो सुन्दर दरबार देशकै पुरातात्विक महत्वको धरोहर हो ।नेपालको ताजमहलको रुपमा हेरिने रानीघाट दरवारमा बुधबार देखिनै प्रेम साट्नेहरुको भीड बढेको स्थानीयले जनाएका छन् । तानसेन नगरपालिकामा पर्ने रानीघाटदरबार कालीनदीको किनारमा अवस्थित छ ।
उत्तर दिशा भएर बगेको कालीनदीको जगबाट निर्माण गरेको रानीदरबारलाई भारतको ताजमहलसँग पनि दाँजेर हेर्ने गरिन्छ । सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तर मा पर्ने ऐतिहाशिक रानीदरबार भिरालो चट्टानमाथि झण्डै ६ रोपनी जग्गामा छ ।
२०५६ सालमा पुरातत्व विभागबाट दरबारको मुख्य भागको मर्मत गरिए पनि धेरै भाग अझै जीर्ण छ । अहिले सदरमुकाम तानसेनबाटै गाडी चढेर दरबार सम्म पुग्न सकिने भएकाले पनि हरेक दिन जसो रानीदरबार पुग्नेहरुको भीड हुने स्थानीय होटल व्यवसायी सुरेश पाण्डेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।