पर्यटक प्रवर्द्धन गर्न चन्दा उठाएर पार्क निर्माण गरिँदै

 फागुन २, २०७५ बिहीबार ९:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम– पर्यटकलाई आकर्षण गर्न इलाममा चन्दा संकलन गरेर पार्क निर्माण सुरु भएको छ । इलाम नगरपालिकाको दुई लाख र स्थानीयबाट संकलित एक लाख ५० हजार गरी तीन लाख ५० हजार रुपैयाँको लागतमा सुकिलुम्बा पार्कको निर्माण कार्य सुरु गरिएको सुकिलुम्बा धार्मिक क्षेत्र विकास समितिका सचिव कमल मैनालीले जानकारी दिनुभयो । 

इलाम बजारबाट करिब ६ किलोमिटरको दूरीमा पर्ने इलाम नगरपालिका वडा नम्बर ९ सुकिलुम्बा डाँडामा सो पार्क निर्माण गर्न थालिएको हो । सुकिलुम्बा डाँडाको करिब ६ रोपनी जमिनमा पार्क निर्माण भइरहेको छ । अहिलेसम्म बगैंचा, फूलबारी, पोखरी माथि पुललगायतका संरचनाको निर्माण सम्पन्न भइसकेका छन् । स्थानियबाट थप डेढ रोपनी जमिन पुनः थपिएकाले बनाइँदै गरेको पार्क सम्पन्न गरेपछि थप संरचना निर्माण कार्य सुरु गर्ने योजना रहेको सचिव मैनालीले बताउनु भयो । 

पार्क परिसरमा शिव मन्दिर र सिद्धदेवी गुफा थान समेत रहेको छ । यो मन्दिरलाई गजुरमुखी मन्दिरको बहिनीका रुपमा लिइन्छ । यस मन्दिरमा हरेक हप्ताको शनिबार र मंगलबार नियमित पूजा र भक्ति गर्न स्थानीय आउने गर्छन् । स्थानीयको चासो बढ्दै गएकाले यस मन्दिरको प्रवर्द्धन गर्नका लागि मन्दिरसम्म पुग्ने सिढी निर्माणमा समेत लगानी गर्न स्थानीय लागेका समितिले जनाएको छ । 

पार्कको निर्माण भएसँगै यो क्षेत्रमा आन्तरिक पर्यटकहरु आउने क्रम बढेको छ । पार्कको निर्माण कार्य थालेपछि भने दैनिक ६० जनाको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक आउन सुरु गरेको बताइएको छ । पार्क निर्माणाधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको माथिल्लो क्षेत्रमा पर्छ । पार्क निर्माण कार्य भने २०७३ सालबाट सुरु गरीएको हो । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया