जनताको जलविद्युत आयोजना कार्यक्रम : यी हुन् जनताको लगानीमा बन्ने जलविद्युत आयोजना

 फागुन २, २०७५ बिहीबार १०:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले बिहीबार ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा गृहमा घोषणा गर्ने कार्यक्रममा जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको छ । 

स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले यो कार्यक्रमको औपचारिक घोषणा गर्न लागेकाे हो । 

‘नेपालको पानी, जनताको लगानी : हरेक नेपाली जलविद्युतको शेयर धनी’ भन्ने मूल नारा तय गरिएको यस कार्यक्रममा सरकारले ३ हजार ७ सय ७९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । यस आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर  तथा प्रभावित क्षेत्रका जनताको १९ प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत यस आयोजनाका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

जनताको लगानीमा बनाइने आयोजना कुन–कुन ?

किमाथांका अरुण           ४८२ मेगावाट
अपर अरुण                   ७२५ मेगावाट
इखुवा                          ३० मेगावाट
अरुण ४                       ३७२ मेगावाट
धुन्सा खोला                 ७२ मेगावाट
सिम्बुवा खोला              ७० मेगावाट
तामाकोसी ५                ९९६ मेगावाट
त्रिशूली ३ बी                 ३७ मेगावाट
बूढीगण्डकी ग्वारखोला   ६० मेगावाट
बूढीगन्डकी प्रोक १        १०० मेगावाट
बूढीगन्डकी प्रोक २       २४० मेगावाट
बूढीगन्डकी क             ७५ मेगावाट
भेरी बबई डाइभर्सन      ४८ मेगावाट
फुकोट कर्णाली             ४९२ मेगावाट
जगदुल्ला १                ९२ मेगावाट
जगदुल्ला २                 ६५ मेगावाट
चैनपुर सेती                २१० मेगावाट
सेती नदी ३                 १६३ मेगावाट
अपर सेती                  ५० मेगावाट

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया