पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
पर्सा – भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (ईसीटीएस) शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ ।
नयाँ व्यवस्था लागू गर्न बिहीबार विरगञ्जमा आयोवित अन्तक्र्रिया कार्यक्रममा कोलकोता पोर्ट र हल्दीया पोर्टका उच्च अधिकारीहरू नयाँ सेवाको व्यवस्था र चुनौतीहरुको बारेमा चर्चा गरेका थिए । गएको ६ महिनादखि विशाखापटनमबाट भने ईसीटीएसको सुविधा उपलब्ध छ ।
ईसीटीएसको सुविधा जडान भएपछि कागजी कामको झन्झट सकिएको छ । यस अघि नेपाली आयातकर्ताले ८ वटा कागज पत्रमा २४ ठाउँमा हस्ताक्षर गराउनु पर्ने थियो । अब सिपीङ कम्पनीहरुले नेपाली आयातकर्ताको सामान एकै पटक बीरगञ्ज सुख्खा बन्दरगाह सम्म ल्यादिने छ । यसले गर्दा नेपाली आयातकर्ताहरुले कोलकोता पोर्टमा तिर्दै आएको शुल्कबाट मुक्ति पाउने भएका छन् ।
भूपरिवेष्ठीत राष्ट्रहरुमा सडक सञ्जाल सुरक्षित तथा ब्यवस्थित पार्न एडीबीको सहयोगमा विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली सुरु गर्न थालिएको हो । यो प्रणालीका लागि भने ३५ सय रुपैयाँ थप आयातकर्ताले ब्यहोर्नु पर्ने छ । यो प्रविधिबाट एप्स मार्फत कन्टेनर चेकजाँचको प्रक्रिया रेखदेख र कहाँ कुन अवस्थामा छ भन्ने सम्मको जानकारी पाउन सक्ने हल्दीया पोर्ट ट्रष्टका जेनरल म्यानेजर सपन अहरोयले बताउनुभयो ।
अहिले रेल्वे सेवामा मात्र लागू गरिएको यो सेवालाई सडक यातायातमा पनि लगाउनु पर्ने व्यवसायीको माग छ । उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले यो प्रविधि ट्रक तथा कन्टेनरका लागि समेत व्यवस्था हुनपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।