तत्काल बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
फागुन २२, २०८१ बिहिबार
रसुवा – नयाँ शैक्षिक सत्रदेखि रसुवाको २२ वटा विद्यालयमा स्काउटको कार्यक्रम थप गरिने भएको छ ।
विद्यालयहरूमा स्काउटको आवश्यकता बढ्दै गएको कारण कार्यक्रम थप गर्न लागिएको हो । अहिले जिल्लाको १३ वटा विद्यालयमा स्काउटले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विद्यार्थीलाई अनुशासन बारे जानकारी दिने, सामूहिक कार्यमा संलग्न गराउने, सामाजिक सद्भाव तथा भाइचारा कायम गर्ने र स्वयंमसेवाको भावना विकास गराउनका लागि विद्यालयहरूमा हरेक शुक्रबार कार्यक्रम सञ्चालन हुने गरेको छ ।
कार्यक्रम विस्तारका लागि नेपाल स्काउट जिल्ला कार्यसमिति रसुवाले स्काउट लिडर आधारभूत तालिम सञ्चालन गरेको छ । जिल्लाको नौकुण्ड गाउँपालिकाको सहयोगमा ६ दिन ५ रात सञ्चालन गरिएको तालिममा ४४ जनाको सहभागिता रहेको थियो । गाउँपालिकाको निर्कुभूमे माविमा कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउट रसुवाले जनाएको छ ।
विद्यालयहरूमा स्काउटको गतिविधि विस्तार आवश्यक रहेको जिल्ला आयुक्त श्यामबहादुर पुडाशैनीले बताउनुभयो । ‘जिल्लाको आधारभूत तथा माध्यमिक तह सञ्चालनमा रहेका विद्यालयमा कार्यक्रम लैजाने योजना बनाएका छौँ, उहाँले भन्नुभयो, आउँदो शैक्षिक सत्रबाट कार्यक्रम सुरु हुन्छ ।’
स्काउटको कार्यक्रमले विद्यार्थीमा धेरै सीपको विकास हुने जिल्ला समन्वय आयुक्त गणेश श्रेष्ठले बताउनुभयो । ‘विद्यालयमा कार्यक्रम सञ्चालन गर्दा पढाइलाई असर गर्दैन, उहाँले भन्नुभयो, यसले विद्यालय, विद्यार्थी तथा शिक्षकलाई समेत फाइदा हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।