पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
गुल्मी - गुल्मीमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था गठन गरिएको छ ।
समाजमा बढ्दो भ्रष्टचार न्यूनीकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकसँगकाे सहकार्यमा निगरानी संस्था गठन गरेकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ अन्तरगत गुल्मीको सदरमुकाम तम्घासमा सक्रिय राजनीति भन्दा बाहिर रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिकाे सहभागितामा संस्था गठन भएकाे हाे ।
नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेयको अध्यक्षतामा भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाकाे १५ सदस्यीय तदर्थ जिल्ला समितिको गठन भएकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ का प्रमुख रबिलाल पन्थ र गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलकाे राेहबरमा संस्था गठन भएकाे नवगठित संस्थाका पदमप्रसाद पाण्डेयले बताउनुभयाे ।
अख्तियारकाे प्रदेश नम्बर ५ का प्रमुख पन्थले संस्थाले भ्रष्टाचार न्यूनिकरण र सुशानका लागि अख्तियारसँग मिलेर सहकार्य गर्न आग्रह गर्नु भयाे । यस्तै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समाजमा बढ्दो भ्रष्टचारलाई संस्थाले निगरानीमा राखेर काम गर्नेमा विश्वास व्यक्त गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।