पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले गरिरहेको सिनियर डिभिजन तालिमको निरीक्षण गर्नुभएको छ ।
सेनाको राष्ट्रिय सेवा दलले प्रदान गरेको तालिमको निरीक्षण गर्दै मन्त्री पोखरेलले राष्ट्र सेवामा लाग्न निर्देशन दिनुभयो ।
उहाँले तालिममा सहभागीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै शिल्ड तथा पुरस्कार पनि प्रदान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिका समयमा स्वयमसेवकको रुपमा भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले देशभरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई तालिम प्रदान गर्दै आएको छ ।
यस वर्ष मात्रै सेनाले ७७ जिल्लाका २१६ विद्यालयहरुबाट ७ हजार सात सय जना छात्रछात्राहरुलाई तालिममा सहभागी गराएको जनाएको छ । जसमध्ये तालिममा उत्कृष्ट प्रदर्शन गर्ने ५ सय १४ जनालाई आज सम्मान गरिएको निर्देशनालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।