पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संघीयतालाई कमजोर बनाउन लागि परेको आरोप लगाएकाे छ ।
सरकारको पहिलो वर्षकाे समिक्षा गर्दै कांग्रेसले सरकारकै कारण लोकतन्त्र धरापमा पर्न लागेको र सरकार अधिनायकवादी बाटोतर्फ अघि बढेकाे पनि कांग्रेसले ठहर गरेकाे छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीकाे आधिकारीक धारणा सार्वजनिक गर्नुभएकाे हाे । उहाँले प्रधानमन्त्री ओलीमा शासकीय क्षमता नदेखिएको दावी पनि गर्नुभयाे ।
इतिहासमा सबैभन्दा बढी अनुकूल समय पाएर पनि प्रधानमन्त्री ओलीले शासकीय क्षमता देखाउन नसकेको उहाँकाे दावी थियाे ।
सरकारको पहिलो वर्ष पूर्णत असफल भएको भन्दै उहाँले याे अवधिमा सरकारले नागरिककाे आशा, भरोसा र विश्वास गुमाएको टिप्पणी पनि गर्नु भयो ।
सरकारले मधेश मुद्दामा, डा. गोविन्द केसीसँग सम्झौता गरिएको मुद्दामा, निर्मला पन्तलाई न्याय गर्ने मुद्दामा, बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने सन्दर्भमा तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने सन्दर्भमा नागरिकको विश्वास गुमाएको प्रवक्ता शर्माको दावी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे शुक्रबार आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नु भएपछि कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरेर त्यसकाे जवाफ दिएकाे हाे ।
सपनाका हवाई उडान भर्न एक वर्षमा प्रधानमन्त्री ओली सफल भए पनि नागरिकको अपेक्षा पूरा गर्न भने असफल भएको शर्माले टिप्पणाी गर्नुभयो ।
सरकारको पहिलो वर्षमा देशमा भ्रष्टाचार संस्थागत भएको दावी पनि कांग्रेसको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।