प्रतिनिधि सभाबाट पारित भएका पाँच वटा अध्यादेश राष्ट्रिय सभामा...
फागुन २२, २०८१ बिहिबार
खोटाङ – खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गको चौडाई घटाउनुपर्ने प्रस्ताव पारित गरेको छ ।
नगर कार्यपालिकाको बैठकले नगरपालिकाको क्षेत्रभित्र पर्ने मध्यपहाडी लोकमार्गको चौडाइ आधा घटाउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्वन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मेयर दीपनारायण रिजालले ६२ मिटर चौडाई भएको मध्यपहाडी लोकमार्गको चौडाई ३० किलोमिटर बनाइनुपर्ने प्रस्ताव पारित गरिएको जानकारी दिनुभयो ।
सडकको केन्द्रबाट दायाँ ३१ मिटर र बायाँ ३१ मिटर गरी ६२ मिटर चौडाई भएको मध्यपहाडी लोकमार्गले आसपासका जग्गा अधिग्रहण गर्दा सीमित जग्गा भएका सयौं स्थानीय सुकुम्बासी बन्ने अवस्था देखिएकाले सडकको चौडाइ घटाउनुपर्ने प्रस्ताव पारित गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले भने सडकको केन्द्रबाट दायाँ १५ मिटर र बायाँ १५ मिटर सीमा तोक्नुपर्ने प्रस्ताव अघि सारेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।