प्रतिनिधि सभाबाट पारित भएका पाँच वटा अध्यादेश राष्ट्रिय सभामा...
फागुन २२, २०८१ बिहिबार
खोटाङ – कालोपत्रे सम्पन्न भएपछि अब खोटाङको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले हप्ताको दुई दिन उडान भर्ने भएको छ । खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले साताको शनिबार र बुधबार उडान भर्ने भएको हो ।
परीक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाण्डौ–थामखर्क–काठमाण्डौ तथा बुधबार काठ्माण्डौ–थामखर्क–विराटनगर र विराटनगर–थामखर्क–काठमाण्डौ उडान भर्ने तालिका बनेको थामखर्क विमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताउनुभयो ।
दुई वर्षभन्दा बढि समय लगाएर कालोपत्रे गरिएको थामखर्क बिमानस्थलमा नियमित उडान हुने भएपछि खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय उत्साहित बनेका छन् ।
विमानस्थल कालोपत्रे भएपछि त्यस क्षेत्रका स्थानीयलाई काठमाण्डौ र विराटनगर पुग्नका लागि सहज हुनेछ । बाह्रै महिना उडान नहुने भएका कारण त्यस क्षेत्रका सर्वसाधरणले विरामी भएको समयमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यतामा कमी आउने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो ।
कालोपत्रेका विभिन्न चरणका काम सुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल कालोपत्रे भएपछि गएको माघ २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।