शिवम् सिमेन्टकाे आईपीओ निष्कासन

 फागुन ६, २०७५ सोमबार १२:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिवम् सिमेन्टले आयोजना प्रभावित तथा आम सर्वसाधारणका लागि कम्पनीको साधारण शेयर अर्थात् आईपीओ आजदेखि खुला गरेको छ । 

जम्मा ४६ लाख ९९ हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिएकोमा सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता, मकवानपुरबासिका लागि ५ लाख ७९ हजार ६ सय ४० कित्ता र सामूहिक लगानी कोष एवम शिवम सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता छुट्याइएको छ । 

आईपीओमा मकवानपुरबासीन्दाले प्रति कित्ता २ सय र बाँकी सर्वसाधारणले प्रतिकित्ता तीन सय रुपैयाँ तिर्नुपर्नेछ । शेयरमा मेरो शेयरमार्फत अनलाइनबाट तथा आश्वा सदस्य अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थामार्फत ७७ जिल्लाबाटै आवेदन दिन सकिनेछ । 

आवश्यक मात्रामा आवेदन परे आईपीओ छिटोमा फागुन ९ गते बन्द हुने र आवेदन नपरे चैत ५ गतेसम्म खुला रहनेछ । 
 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया