पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - माघ १८ गतेबाट प्रदर्शन भएको सिनेमा ‘गोपी’ले आयोजना गरेको ‘कविता प्रतियोगिता’का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।
सिनेमाका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले विजेताहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगितामा सहभागीहरूले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका थिए । प्रतियोगितामा क्षितिज समर्पणको कविता‘अस्थिपञ्जर हुनुअघि’प्रथम, निरज दाहालको ‘स्वावलम्बी झण्डा’द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’कविता तृतीय भएको थियो ।
प्रथम, द्वितीय र तृतीय भएका कविहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गरेका हुन् । आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।
उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको छ । मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयाँलको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनूँ मै पनि’ ले सान्त्वना पुरस्कार पाएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।