सरकारले ३ वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने

 फागुन ६, २०७५ सोमबार १५:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डाै – सरकारले ३ वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले आगामी ३ वर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना तय गरिएको जानकारी दिनुभएको हो ।

उहाँले देशको सूचना बाह्य देशमा जान नदिने गरी राष्ट्रिय परिचय पत्र सूचना प्रणालीको विकास गरिएको पनि स्पष्ट पार्नुभयो । 

राष्ट्रिय परिचय पत्र वितरण गर्दा देशको राष्ट्रिय हित र सुरक्षा प्रति सरकार सचेत रहेको पनि महानिर्देशक काफ्लेले बताउनुभयो । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले पाँचथरबाट सुरु गरिएको राष्ट्रिय परिचय पत्र वितरणको काम चालू आर्थिक वर्ष भित्रै सबै जिल्लाबाट सुरु गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । 

महानिर्देशक काफ्लेले त्यसका लागि आवश्यक सूचना प्रणालीको विकास गर्न लागिएको पनि बताउनुभयो ।सरकारले राष्ट्रिय परिचय पत्र तयार गर्दा देशको सुरक्षामाथि खलल् हुन नदिन राष्ट्रिय परिचय पत्र सुरक्षा समिति नै गठन गरेको छ । 

महानिर्देशक काफ्लेले गृह सचिव अध्यक्ष र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक सदस्य रहने गरी सो समिति गठन गरिएको र त्यसले नै परिचय पत्र तयार पार्ने काम गर्ने भएकाले त्यो सुरक्षित हुने पनि बताउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले देशको राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्रै राष्ट्रिय परिचय पत्रको अभिलेख राख्ने गरी नयाँ सूचना प्रविधि भित्र्याउन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य झपड रावलले देशको सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

समितिका अर्का सदस्य प्रेम सुवालले राष्ट्रिय परिचय पत्र वितरणका लागि नेपालले आफ्नै सूचना प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विश्वका हरेक देशले राष्ट्रिय परिचय पत्र वितरण आफ्नै सूचना प्रणालीबाट गरेकाले नेपालले पनि आफ्नो राष्ट्रिय हितको लागि त्यही व्यवस्था गर्नुपर्ने तर्फ सरकारलाई सचेत गराउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय हित र सुरक्षालाई ध्यानमा राखेर मात्रै राष्ट्रिय परिचय पत्र वितरण गर्न सरकारलाई सचेत गराएका थिए । एसियाली विकास बैंकको सहयोगमा सरकारले हाल पाँचथर र सिंहदरबारभित्र त्यो परिचय पत्र वितरणको काम सुरु गरेको छ ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया