पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – बैंकहरुले ब्याजदर घटाउने कि नघटाउने भन्ने विषयमा बैंकर्स र उद्योगी व्यापारीबस्च अर्थ मन्त्रालयमै चर्काचर्की भएको छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडा, गभर्नर चिरिञ्जिवी नेपालसहित मन्त्रालयमा भएको छलफलमा बैंकर्सले उद्योगी व्यापारीलाई स्वार्थको आधारमा ब्यादर घटाउन भनेको आरोप लगाएपछि व्यापारीले त्यसको विरोध गरेका थिए ।
अर्थसचिव राजन खनालले स्थिति शान्त बनाएपछि भएको छलफलमा ब्याजदर घटाउन सकिने ठाउँमा सोच्न सकिने बैंकर्सले प्रतिवद्धता जनाएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले जानकारी दिनुभयो ।
‘उहाँहरुले आरोप लगाएपछि हामीले विरोध गर्यौँ, उहाँहरु झन उग्र हुनुभयो, झण्डै हात हाहालको स्थिति आयो, तर अर्थसचिवज्यूले वातावरण शान्त बनाउनुभयो’, शारडाले उज्यालो अनलाइनसँग भन्नुभयो ।
समस्या बल्झाउने भन्दा पनि समाधान गर्ने बाटोमा अघि बढ्ने सहमति गरेर बैंकर्स र व्यापारी अर्थ मन्त्रालयबाट बाहिरिएका छन् । बैंकहरुलाई कस्तो निर्देशन दिने भन्ने विषयमा अहिले अर्थमन्त्री खतिवडा, गभर्नर नेपाल र अर्थसचिव राजन खनालबीच छलफल भैरहेको छ ।
बैंकहरुले चर्को ब्याजदर नघटाउँदा उद्योग व्यापारमा समस्या परेको भन्दै उद्योगी व्यापारी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबार प्रधानमन्त्रीसँग पनि छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओलीले तत्कालै ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नर चिरिञ्जिवी नेपाललाई निर्देशन दिँदै ब्याजदर नघटे आफूले हस्तक्षेप गर्ने चेतावनी दिनुभएको थियो ।
उद्योगी व्यापारीले ब्याजदर घटाउन माग गर्दै आन्दोलन गरे पनि बैंकरहरुले भने अहिले ब्याजदर घटाउन सक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।