नेपाली महिला अधिकारकर्मी वन्दना राणा राष्ट्रसंघीय कमिटीको उपाध्यक्षमा निर्वाचित

 फागुन ६, २०७५ सोमबार १९:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली महिला अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीईडीएडब्ल्यू-सीड)को उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । सीड काे ७२ औं सेसन जेनेभामा यही फेब्रुअरी १८ देखि सुरु भएकाे थियाे जुन आउँदाे मार्च ८ तारिखसम्म चल्नेछ ।

जेनेभामा भएको चुनावमा उहाँ दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । सीड मा ३ जना उपाध्यक्ष रहने प्रावधान रहेकाे छ ।

संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उहाँ पहिलो नेपाली पनि हुनुहुन्छ । राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा निर्वाचित हुनुभएको थियो । साथी स‌ंस्थाकी संस्थापक राणा संचारिका समूहकाे प्रथम निर्वाचित अध्यक्ष हुन् भने राणाकै अग्रसरतामा आईवार्ट नेपाल च्याप्टरकाे सुरुवात भएकाे हाे ।आईवार्ट रेडियाे र टेलिभिजनमा काम गर्ने महिलाहरुकाे अन्तरराष्ट्रिय संस्था हाे ।

सीईडीएडब्ल्यू-सीड सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dilan bhattarai

    Feb. 18, 2019, 11:22 p.m.

    Establish date of CEDAW was 1979

  •  0 Reply

तपाईको प्रतिक्रिया