पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
पर्वत – तीस वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गएको आइतबार कुश्मा नगरपालिका–६। न्यूरोडबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
शनिबार राति पीडित महिलालाई बलात्कार गरेको आरोपमा भारत बिहार प्रदेश मोतिहारी जिल्ला पूर्वी चम्पारनका २९ वर्षीय आलोक साह र ३३ वर्षीय अजय गुप्तालाई पर्वत प्रहरीले पक्राउ गरेको हो ।
पीडित महिलालाई रक्सी खुवाएर पटक –टक बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित महिलाको आइतबार नै जिल्ला अस्पताल पर्वतमा स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रारम्भिक अनुसन्धानपश्चात प्रहरीले फागुन ६ गते पर्वत जिल्ला अदालतबाट यौनजन्य प्रकृतिका अपराध अन्तर्गत करणीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।