भारतबाट आएका शिकारीको जालमा परे बाँदर !

 फागुन ७, २०७५ मंगलबार १३:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – बाँदर आतंक नियन्त्रणका लागि खोटाङमा ‘बाँदर समाउ’ अभियान थालिएको छ । 

नजिकका राष्ट्रिय निकुञ्जमा पुर्‍याउने गरी मंगलबारदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ’ अभियान थालिएको हो । भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवर सिकारीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङको लुछिमबाट २५ वटा बाँदर समातेका छन् । लफ्याङकै खर्काको दुई स्थानमा पनि जाल थाप्ने तयारी भइरहेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताउनुभयो । 

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ’ अभियान थालिएको हो । जालमा बाँदर पारेर समातेको हेर्नका लागि स्थानीयको भिड लागेको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो । 

बाँदर समाउन भारतबाट आएका शिकारीलाई खाेटाङमा स्वागत

किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जाल थापेर समाएर निकुञ्जमा पुर्‍याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई भित्र्याइएको हो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया