रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
तनहुँ - तनहुँ जलविद्युत कम्पनीले इटलीकाे ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँगको ठेक्का सम्झौता तोडेको छ ।
मेलम्ची खानेपानी आयोजनाबाट भागेको सीएमसीलाई नेपाल विद्युत प्राधिकरणले मंगलबार ठेक्का तोडिएको पत्र पठाएको हो । पटक पटक आग्रह गर्दा पनि सीएमसी काममा नआएपछि तनँहु जलविद्युत परियोजनाको लागि अब नयाँ प्रक्रियाबाट अर्को ठेकेदार छानिने तनँहु जलविद्युतका प्रबन्ध सञ्चालक प्रदीप कुमार थिकेले उज्यालोलाई जानकारी दिनुभयो ।
हेडवर्क्स, ड्यामलगायतका संरचना बनाउने गरी प्राधिरकणले सीएमसीसँग २० अर्ब ६० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको लागि ५० करोड ५० लाख अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ ।
दोस्रो प्याकेजअन्तर्गत चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडले भने सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनको अघि बढाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।