राजा आए कि नेपालीका दुःखका दिन गए !
चैत ३, २०८१ आइतबार
भक्तपुर – गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेकाे अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बस्नेतलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय (२) अनुसार कानून बमोजिक सिधा खान पाउने गरी थुनामा राख्न पठाइदिनु भनी मुलुकी ऐन अ.ब.१२४ नं. बमोजिम कारागार चलानको आदेश दिएको इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो ।
जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै बस्नेतलाई थुनामा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहँदा नियमित स्वास्थ्य जाँच गराउँने, अस्पताल भर्ना गराउनु पर्ने अवस्थामा भर्ना गराउने, निजको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाई निजले आर्थिक अवस्थाले उपचार गर्न सक्ने अबस्था नभए राज्यको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने गरि आदेश जारी भएको हो ।
त्यसै गरी मिर्गौला झिकिएका व्यक्ति बनेपा नगरपालका –२, बस्ने २९ वर्षीय कुमार गिरीलाई भने साधारण तारिखमा छाड्ने आदेश भएको छ ।
मिर्गाैला झिकिएको पीडित व्यक्ति भएको, अस्पतालको नियमित निगरानीमा रहनु पर्ने, मानसिक रोगी भएको, तत्कालै फरार हुन सक्ने वा प्रमाण मेटिने काम गर्न नसक्ने र निजको मानसिक, शारीरिक, आर्थिक तथा पारिवारिक अवस्थालाई मध्यनजर गर्दै थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी गिरीलाई मुलुकी ऐन अ.ब. ४७ बमोजिम साधारण तारेखमा राख्ने आदेश दिएको महतले जानकारी दिनुभयो ।
बस्नेतले गिरीलाई आफ्नै छोरा बनाउँछु भन्दै फकाउँदै, किर्ते कागजात तयार पारी गिरीको मिर्गौला झिकेर प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका हुन् । किर्ते कागज बनाउनेमा संलग्न रहेको अभियोगमा पक्राउ परेको पीडित गिरीलाई भने तारेखमा छाडिएको र बस्नेतलाई भने शुक्रबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।