च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
रुस विश्वकपकै उपाधिको दावेदार मानिएको ब्राजिलले पहिलो जित हात पारेको छ ।
समूह चरणको पहिलो खेलमै स्विट्जरल्याण्डसँग एक–एकको बराबरी खेलेपछि ब्राजिल जित्नै पर्ने दबाबमा थियो । शुक्रबार कोस्टारिकासँगको खेलमा जितका लागि ब्राजिललाई खेलको इन्जुरी समय कुर्नुपर्यो । थपिएको ६ मिनेटमा ब्राजिलका लागि फिलिप कोउटिन्हो र नेइमारले गोल गरे ।
तर शुक्रबार सबैको ध्यान नेइमारको गोलभन्दा पनि उनको डाइभ र आँसुमा केन्द्रित थियो । कतिपयले नेइमारले चलाखी गर्दै डाइभ हानेर रेफ्रीले छक्याउन खोजेको आरोप लगाएका छन् ।
डिबक्समा नेइमार आफै कोस्टारिकाका खेलाडी जियानकार्लो गोञ्जालेजसँग ठोक्किएको बताउँदै भिडियो असिटेण्ट रेफीले ‘नो फाउल, नो पेनाल्टी’ बताएको थियो ।
त्यो त एउटा कुरा भयो तर खेल सक्किएपछि नेइमार मैदानमै घोप्टो परेर रोएको दृश्यले सबैलाई अचम्ममा पारिदियो । आखिर किन रोए त नेइमार भन्ने प्रश्न सबैको मनमा उब्जियो ।
कोही हारमा पनि रोएका छैनन् तर नेइमार आफ्नो टिमको महत्वपूर्ण जितमा पनि रोए । विश्वकप प्रतियोगितामा आफ्नो टिमलाई जिताउनु र गोल गर्नु सबै खेलाडीको सपना हुन्छ । नेइमार पनि आफ्नो सपना पूरा भएकोमा खुसी भए र खुसीको आँसु थाम्न सकेनन् । जसले जे अनुमान लगाए पनि खेल सकिएको केही समयपछि नेइमार आफैले इन्स्टाग्राममा आफू खुसीले रोएको बताएका छन् ।
नेइमार लेख्छन्, ‘कसैलाई थाहा छैन यहाँ के भयो । सुगा नबोल्दासम्म बोल्नुहोस् । अब त गर, केही गर । खुसीको हुन्छ आँसु, जितको हुन्छ आँसु । मेरो जीवन कहिल्यै सहज भएन र हुनेछैन । सपना जारी छ, सपना होइन... उद्धेश्य । केटाहरुलाई जितको बधाई छ ’
पीएसजीबाट खेल्दै गर्दा गएको फेब्रुअरीमा नेइमारको खुट्टा भाँचिएको थियो । त्यसपछि लामो समय आराम गरेका नेइमार अझै पनि पूर्ण रुपमा निको भएका छैनन् ।
खुट्टाको चोट बल्झिएपछि नेइमार खेल्न सक्दैनन् कि भन्ने चिन्ता सबैमा थियो । अभ्यासका क्रममा पनि दुखाई बढेपछि नेइमार बिचैमा फिजियोथेरापिस्टकोमा पुगेका थिए । तर सबैको आशाअनुरुप मैदानमा उत्रिए र गोल गरे । सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा घाइते भएपछि विश्वकप गुमाएका नेइमारबाट यो विश्वकपमा धेरैले आशा गरेका छन् ।
सन् २०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा फ्र्याक्चर भएपछि सेमिफाइनल खेल गुमाएका थिए । त्यसबेला क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले ८८ औँ मिनेटमा नेइमारलाई कुहिनाले धक्का दिएपछि नेइमारलाई चोट लागेको थियो ।
नेइमारबिना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले स्तब्ध भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।