वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – चितवनका एक युवाले विश्व कीर्तिमान कायम गरेका छन् ।
वीरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका आयोजित एक कार्यक्रमका बीच २६ वर्षीय युवा नारायण आचार्यले एक मिनेटमा १३३ वटा मैनबत्ती निभाएर विश्व कीर्तिमान कायम गरेका हुन् । एसिया मेडिकल कलेजमा दन्त चिकित्सा अध्ययन गरिरहेका आचार्यले यसअघि जमैकन नागरिकको कीर्तिमान तोडेका हुन् ।
जमैकन नागरिकले यसअघि एक मिनेटमा ९७ वटा मैनबत्ती निभाएकी थिइन् । १४ डिसेम्बर २०१७ मा अश्रिता फरम्यानको नाममा रहेको विश्व कीर्तिमान आचार्यले तोडेका हुन् । आचार्यले हातको दुइटा औँला प्रयोग गरेर लहरै राखिएका १३३ वटा बलिरहेका मैनबत्ती निभाएका हुन् ।
अब आचार्यले गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा भिडियोसहितका सामग्री पठाउने जानकारी उज्यालो अनलाइनलाई दिए । त्यसपछि आर्चायलाई विश्व कीर्तिमान कायम गरेको प्रदान गरिनेछ ।