रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – चैत्र १५ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘साइँली’को ‘प्याटप्याटे चप्पल’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ भने हर्क साउदको शब्द छ । चलचित्रको त्यस गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहकाे प्रस्तुति रहेकाे छ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र नायक गौरव र गायक हेमन्त रानाले मिलेर निर्माण गरेका हुन् । हेमन्त रानाको चर्चित गीत ‘साइँली’ बाट नै यो चलचित्रको नाम राखिएको छ । चलचित्रमा विशाल गुरुङ र मोहन रानामगरको लगानी रहेको छ ।
यो चलचित्र ‘जीएच इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्रमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंहसँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।