केही नेपालीहरु नचाहिने कुराको पछि लागेर समय बर्बाद गरिरहेका छन्: प्रम ओली

 फागुन ८, २०७५ बुधबार २०:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेपालीले नचाहिने कुराको पछि लागेर समय बर्बाद गरिरहेको बताउनुभएको छ ।

सूदुरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले सकारात्मक कामभन्दा पनि नकारात्मक कामको पछि लागेर केहीले समय बर्बाद गरिरहेको दावी गर्नुभयो । पशुपति शर्माको लुट कान्छा लुट शिर्षकको गीततर्फ लक्षित गर्दै उहाँले केहीले नेपालमा लुट्न छुट छ भनेर गीत निकालेको तर त्यसलाई नागरिकले मन नपराएपछि यूट्यूबबाट हटाइएको पनि जिकिर गर्नुभयो । 

फरक प्रसंगमा उहाँले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डलाई सरकारले गम्भीरतापूर्वक लिएकोले  छानबिन समिति र विभिन्न टोली गठन गरी काम भैरहेको बताउनुभयो ।

यस्तै नेकपाको सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टी एकता र सरकारको काम देखेर प्रतिपक्षी बेचैन रहेको बताउनुभयो । उहाँले प्रतिक्रियावादीले अनावश्यक हल्ला मात्रै गर्ने गरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टि एकताले देशमा स्थीर सरकार मात्रै नभइ शान्ति, सुव्यवस्था समेत ल्याएको दावी गर्नुभयो । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया