पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
रामाेछाप – रामेछाप जिल्लामा सम्बन्ध विच्छेद गर्ने पुरुषकाे सङ्ख्या बढ्दाे छ ।
नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने गरी कानुन निर्माण गरेपछि यहाँकाे जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्नेहरुमा महिलाको तुलनामा पुरुषको संख्या बढेको हाे ।
नयाँ कानुन लागू भएपछि रामेछापमा भदौ १ गतेबाट हालसम्म १९ जना पुरुषले सम्बन्ध विच्छेदको लागि जिल्ला अदालत रामेछापमा निवेदन दर्ता गराएका छन् । त्यसैगरी १३ जना महिलाहरुले पनि सम्बन्ध विच्छेदकाे लागि निवेदन पेश गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार गेहेन्द्र रेग्मीले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, 'नयाँ कानुन अनुसार पुरुषले पनि सहजै सम्बन्ध विच्छेद गर्न पाउने भएपछि अहिले सम्बन्ध विच्छेदकाे लागि आउने पुरुषकाे सङ्ख्यामा वृद्धि भएकाे छ ।'
अदालतमा सम्बन्ध विच्छेदको लागि परेका निवेदनको आधारमा पहिले त दुवै दम्पतीलाई कार्यालयमा झिकाएर मेलमिलाप गराउने प्रयास गरिन्छ । तर मेलमिलाप हुनै नसक्ने अवस्थामा मात्र निवेदन परेको एक वर्षभित्र दुवै दम्पतीको मञ्जुरीमा मुद्धा फैसला गर्ने काम जिल्ला अदालतले गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।