अभिव्यक्ति स्वतन्त्रतामा सरकारले अंकुश लगाएको डाक्टर केसीको आरोप, आन्दोलन गर्ने चेतावनी

 असार ९, २०७५ शनिबार १४:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – डाक्टर गोविन्द केसीले सरकारको गैह्र प्रजातान्त्रिक कदम विरुद्ध आन्दोलन शसक्त पार्ने चेतावनी दिनुभएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार राजधानीको माइतीघर मण्डलामा गरिएको प्रर्दशनमा उहाँले प्रजातन्त्र विरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने बताउनुभएको हो ।

प्रजातन्त्रको मुख्य मर्म नै वाक र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उहाँले माइतीघर मण्डलालगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गर्नुभयो । उहाँले गैह्र प्रजातान्त्रिक काम हुन नदिने पनि उद्घोष गर्नुभयो ।

समाजवाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र समाजवाद, साम्यवादी उन्मुख दलहरु भनिएपछि व्यवहारमा त्यसो नभएको उहाँको तर्क थियो । शिक्षा र स्वास्थयमा चरम व्यवसायीकरण भएको भन्दै त्यसमा नेताहरुकै संलग्नता रहेको आरोप पनि उहाँले लगाउनुभयो ।

डाक्टर केसीको नेतृत्वमा मण्डलामा भेला भएका उहाँका समर्थकहरुले बालकृष्ण ढुंगेलको माफी रद्द गर, व्यक्ति हत्याको हत्या राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर, गंगामायाको माग पूरा गर अपराधीलाई गिरफ्तार गर, गुणस्तरीय र निशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्ति गर भन्ने नारा लेखिएका प्ले कार्ड लिएका थिए ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया