रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा चौथो खाद्य मेला शुक्रबारदेखि सुरु भएको छ ।
‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने नाराका साथ मेला सुरु भएको हो ।
स्थानीय र कम प्रचलनमा रहेका पोषिला खाद्यवस्तुको प्रचार तथा प्रवर्द्धन गर्ने मुख्य उदेश्य रहेको आयोजक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
मेलामा नेवारी, थारु, तामाङ लगायत जातिका परिकारका १५ स्टल छन् । त्यस्तै विभिन्न संघसंस्थाका जानकारीमूलक २२ र अचार, भुजिया जस्ता घरेलु उद्योगका ३८ गरी ७५ स्टल रहेका छन् ।
खानेबानी परिर्वतनका लागि मेला महत्वपूर्ण रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिबकुमार कर्णले बताउनुभयो ।
उहाँले स्थानीयस्तरमा उपलब्ध खाद्यवस्तु पौष्टिक र स्वस्थकर भएपनि चेतनाको कमीले बजारकै खाद्यवस्तु खाने प्रचलन बढेको बताउनुभयो ।
मेला आइतबारसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।