नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने

 फागुन १०, २०७५ शुक्रबार १९:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ । 

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी गर्न लागिएको जानकारी दिनु भएको हो ।

उहाँले सो बडापत्रमा टयांकरले पम्पहरुमा र पम्पबाट नागरिकहरुले कति समयमा पेट्रोलियम पदार्थ पाइसक्ने भन्ने कुरा खुल्ने गरी राख्न टिम नै तयारी पारी कामलाई अघि बढाइएको पनि बताउनुभयो । पौडेलले सिस्टमको विकास हुन नसकेकाले निगमले सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न नसकेको पनि स्मरण गराउनु भयो ।

शुक्रबार पत्रकार सम्मेलन गरी उहाँले सरकारले जारी गरेको निगमसम्बन्धि नागरिक बडा पत्रले सेवाग्राहीको मागलाई सम्बोधन गर्ने अवस्था नरहेपछि आफूले नयाँ बडा पत्र जारी गर्ने सोच बनाएको पनि स्पष्ट पार्नु भयो ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थहरुको अभाव नहुने गरी स्टोर गरिएको पनि स्पष्ट पार्नुभयो । आफूले निगमको काम थालेको ४५ दिन भएको र यसबीचमा सबैभन्दा बढि पम्पहरुमा पेट्रोलियम पदार्थ स्टोर गर्न आफू सफल भएको कार्यकारी निर्देशक पौडेलको दावी छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया