रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा एनसेलका कार्यालय तथा टावरलाई लक्षित गरी आक्रमण भएपछि सुरक्षा सर्तकता बढाएको प्रहरीले जनाएको छ ।
शुक्रबार ललितपुरको नख्खु, नवलपरासी, कास्की, कञ्चनपुर, बुटवल, अछाम, कपिलवस्तु, काभ्रे, रौतहटलगायतका जिल्लामा एनसेलको टावरमा बम विस्फोट तथा आगजनी भएपछि देशभरि नै सुरक्षा सतर्कता बढाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार आक्रमणमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । ललितपुरको नख्खुमा शुक्रबार बेलुकी बम विस्फोट हुँदा लमजुङका सिंहप्रसाद गुरुङको ज्यान गएको छ भने अरु दुई जना घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।