रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
धादिङ - धादिङका ६ ओटा बालुवा प्रशोधन उद्योगहरुमा शनिबार छापा मारेर विद्युत लाइन काटिएको छ ।
सरकारका कुनैपनि निकायमा विनादर्ता सञ्चालनमा रहेको आरोप लगाउँदै जिल्ला स्तरीय अनुगमन टोलीले ज्वालामुखी गाउँपालिकामा सञ्चालनमा रहेको बालुवा प्रशोधन उद्योगहरुमा शनिबा विद्युत लाइन काटिएको हो ।
उद्योग वाणिज्य‚ आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाण्डौ र घरेलु तथा साना उद्योग विकास समिति धादिङको संयुक्त अनुगमन टोलीले शनिबार ज्वालामूखी गाउँपालिका वडा नम्बर ५ र ७ नम्बर वडाका अवैध रुपमा सञ्चालित बालुवा प्रशोधन उद्योगहरु बन्द गराएको हो ।
नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलीले ज्वालामुखी गाउँपालिका–५ मा रहेको श्री जे एण्ड जे कन्स्ट्रकसन‚ धादिङ ट्रेड एण्ड कन्स्ट्रकसन कम्पनी, बालदेवी सप्लायर्स एण्ड स्याण्ड प्रोसेसिङ प्लाण्ट, ईच्छासिद्धी सप्लायार्स‚ न्यू ज्वालामुखी सप्लायर्स‚ ढोला मण्डली सप्लायर्सका ८ ओटा प्रशोधन मेसिनहरुको मोटर, तार, पानीतान्ने पम्प, आदि सामाग्री बरामद गरेको छ ।
साथै सबै उद्योगको विजुलीको लाइन समेत काटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
यस अघि उद्योगहरुले अनुमति नलिइ सञ्चालन गरेको भन्दै ५० हजार जरिबाना गर्ने निर्णय गरी ताकेता गर्दासमेत जरिबाना नतिरेको वैैधानिक बाटोमा नगएपछि उद्योगहरु बाध्य भएर बन्द गरिएको प्रहरीले जनाएको छ ।
सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योगहरुमा उद्योग सञ्चालन पूर्व लिनुपर्ने उद्योग अनुमति पत्र देखाउन नसकेको हँुदा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) बमोजिमको कसुर गरेको आरोपसहित सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (घ) बमोजिम यसअघि जरिवाना गरिएको थियो ।
जरिबाना रकम हालसम्म पनि अबैध रुपमा सञ्चालित उद्योगहरुले नतिरेको अनुगमन समितिले आरोप लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।