निजी क्षेत्रले पनि विशेष आर्थिक क्षेत्रको जग्गामा लगानी गर्न पाउने कानुनी व्यवस्था बन्दै

 फागुन १२, २०७५ आइतबार २१:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले निजी क्षेत्रले पनि विशेष आर्थिक क्षेत्रको जग्गामा लगानी गर्न पाउने कानुनी व्यवस्था गर्न लागेकाे छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश गरिएको 'विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक’ मा निजी क्षेत्रले पनि विशेष आर्थिक क्षेत्रको जग्गामा लगानी गर्न सक्ने प्रावधान राखिएको हो ।

विधेयकमा निजी क्षेत्रको मागअनुसार विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास र जग्गामा निजी क्षेत्रलाई पनि लगानी गर्न पाउने नयाँ व्यवस्था गरिएको उद्योग सचिव यामकुमारी खतिवडाले जानकारी दिनुभयो ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा उहाँले निजी क्षेत्रलाई उद्योग संचालनका लागि सहज बनाउन सरकारले विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास तथा जग्गामा लगानी गर्न दिने प्रावधान राख्नु परेको पनि स्पष्ट पार्नुभयो ।

विधेयकमा विशेष आर्थिक क्षेत्रको उद्योगबाट उत्पादित ७५ प्रतिशत बस्तुहरु अनिवार्य निर्यात गनुपर्ने प्रावधान पनि हटाइएको छ । देशको आवश्यकतालाई ध्यानमा राखेर त्यहाँ उत्पादित बस्तुहरु निर्यातकाे लागि कानुनी व्यवस्थाबारे  पनि विधेयकमा प्रस्ताव गरिएको सचिव खतिवडाले बताउनुभयो ।

विधेयकमा विशेष आर्थिक क्षेत्र प्राधिकरणमा अध्यक्षले सदस्यहरु तोक्ने प्रावधान राखिएको छ । तर समितिका सदस्यहरुले त्याे प्रावधान हटाउन सरकारलाई सचेत गराएका छन् ।

समितिका सदस्य दिव्यमणि राजभण्डारीले विशेष आर्थिक क्षेत्र प्राधिकरणमा उद्योगीहरुको संघ, संस्थाहरुको प्रतिनिधित्व सुनिश्चित हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

विधेयकमा विशेष आर्थिक क्षेत्रमा संचालित उद्योगहरुका लागि कर छुट लगायतको व्यवस्था गर्ने प्रावधान पनि राखिएको छ ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया