छोरी हत्या गर्ने आमालाई जन्मकैदकाे फैसला

 फागुन १२, २०७५ आइतबार २०:४७:३५ | अमर सुनार
unn.prixa.net

दैलेख – आफ्नै छोरीलाई आठ महिनाअघि विष खुवाएर हत्या गरेको घटनाकी दाेषी आमालाई दैलेख जिल्ला अदालतले आइतबार जन्मकैदको फैसला गरेको छ । 

महाबु गाउँपालिका–४ काशिकाँधकी २९ वर्षीया जौकला भन्ने शर्मिला बुढाले ९ वर्षीया छोरी भावना बुढाको हत्या गरेको ठहर गर्दै दैलेख जिल्ला अदालतले सो सजाय गरेको हो । 

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासबाट सो फैसला भएको दैलेख जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिनुभयो । 

गएकाे असार ९ गते घरमा बिहानको खाजा भनी दिइएको चाउमिनमा विष घोलेर खुवाएको कारण छोरी भावना बुढालाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको थियो । 

शर्मिलाले एउटै घटनामा विष खुवाएकी भनिएका १३ वर्षीय छोरा भूपेन्द्र बुढालाई नेपालगञ्जमा उपचार गरी घर फर्किएपछि असार २६ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । 

अन्तिम अपडेट: चैत २८, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया