रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – मिर्गौलासम्बन्धी विभिन्न रोगको समस्यामा परेका झण्डै ५ हजार जनाले सरकारबाट आर्थिक सहयोग पाएका छन् ।
आर्थिक रुपमा विपन्न नागरिकको उपचारका लागि सरकारले आर्थिक सहयोग गरेको हो । अहिलेसम्म मिर्गौलासम्बन्धी समस्या भएका ४ हजार ६ सय ९८ जनालाई आर्थिक सहयोग दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार अहिलेसम्म प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै मिर्गौलाको बिरामीले उपचार पाएका छन् । यो प्रदेशमा अहिलेसम्म ३ हजारभन्दा धेरै जना बिरामीले उपचार गराएका छन् । प्रदेश तीनमा ३ हजार १ सय ३० जना बिरामीले सरकारको आर्थिक सहयोगमा उपचार गराएका मन्त्रालयको तथ्याङ्क छ ।
यस्तै, प्रदेश ५ का ५ सय ४० जनाले सरकारी सहयोगमा मिर्गौलाको उपचार गराएका छन् । यस्तै गण्डकी प्रदेशका ४ सय ५ जना, प्रदेश १ मा ३ सय ६० जना तथा सुदूर पश्चिम प्रदेशका ६५ जनाले मिर्गौलाको उपचार गराएका छन् ।
सरकारी आर्थिक सहयोगमा मिर्गौलाको उपचार गराउनेमा कर्णाली प्रदेश सबैभन्दा पछाडि छ । अहिलेसम्म यो प्रदेशका १८ जनाले मात्रै आर्थिक सहायता पाएका छन् । यो प्रदेशमा मिर्गौलाको बिरामी नै कम भएका वा उपचारमा नआएका भन्नेबारे केही खुलेको छैन । सरकारले मिर्गाैैला प्रत्यारोपण गर्न सम्बन्धित अस्पतालमार्फत २ लाख रुपैयाँ आर्थिक सहयोग दिने गरेको छ ।
यस्तै, प्रत्यारोपणपछि औषधि खानका लागि एक लाख रुपैयाँ सहयोग दिन्छ । यस्तै मिर्गौलाको डायलाइसिस पनि निशुल्क छ ।
बिरामीले विपन्न नागरिक औषधि उपचार सहुलियतका लागि सम्बन्धित गाउँपालिका वा स्थानीय तहबाट सिफारिस पत्र ल्याएपछि सरकारी सहयोग पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।