रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – आन्तरिक राजश्व विभागले भाडा लिएर मोटरसाइकलको पछाडि मान्छे बोक्ने टूटल र पठाओ कम्पनीको भ्याट छली अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।
विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले २ वटा कम्पनीको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमा प्रारम्भिक रिपोर्ट आउने जानकारी दिनुभयो ।
‘हामीले टूटलसँगै पठाओको पनि भ्याट छलीबारे अनुसन्धान गरेका छौँ, अहिले हामीले आयकरलाई पनि जोडेर अनुसन्धान गरिरहेका छौँ, केही इस्यु पत्ता लगाएका छौँ ।’ विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले बताउनुभयो ।
सेवाग्राहीसँगबाट १३ प्रतिशत भ्याट लिने गरे पनि मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता नभएको पाइएपछि आन्तरिक राजश्व विभागले माघ ९ गतेदेखि छानबिन थालेको थियो ।
‘भ्याटमा दर्ता नभइकन यात्रुसँग १३ प्रतिशत बढी रकम असुलेको पाइएको छ, ठ्याक्कै अमाउन्ट अझै निस्केको छैन, तर करछली हो भन्नेमा हामी नजिक पुगेका छौँ’ उप–महानिर्देशक तथा प्रवक्ता ढुंगेलले भन्नुभयो ।
यातायात व्यवस्था ऐनमा निजी प्रयोजनको लागि दर्ता भएकाले सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाइने व्यवस्था गरे पनि राइड शेयरिङको रुपमा नेपालमा टूटल र पठाओले व्यापार गरिरहेका छन् ।
टूटल र पठाओले गैरकानुनी रुपमा व्यापार गरिरहेको भन्दै आलोचना भैरहेको छ भने सस्तोमा सेवा दिइरहेको भन्दै यसको बचाउ पनि भैरहेको छ ।
टूटलले १९ महिनासम्म उपभोक्ताबाट १३ प्रतिशत भ्याट असुले पनि आफू नै भ्याटमा दर्ता नभएको तथ्य सार्वजनिक भैसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Saroj
Feb. 26, 2019, 6:53 a.m.1. Is there VAT and income tax provision for taxi and other public transport systems? 2. Is there a custom and sales tax waiver for the import of Pathao and Tootle vehicles? 3. Do the ride-sharing vehicles also engage in transport strike?