प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
दैलेख – कथित ‘बोक्सी’को आरोपमा कुटपिट गरिएको भन्दै पीडित पक्षले सोमबार प्रहरीमा उजुरी गरेको छ ।
डुङ्गेश्वर गाउँपालिका–५, डाँडा पराजुलकी ५० वर्षीया देवीसरा जैसीलाई त्यसै ठाउँका ३६ वर्षीय नरबहादुर शाही र ३४ वर्षीया उनकी पत्नी सर्जन शाहीले आइतबार कथित ‘बोक्सी’को आरोपमा कुटपिट गरेको बताइएको छ ।
घरमा आफूहरु बिरामी परेको विषयलाई बोक्सी लागेको भन्दै बाटो मार्न खरानीको ढेगा, आगोको अगुल्टो ल्याई देवीसराकै घर नजिक टपरीमा भाग छोडेपछि भएको विवादको बताइएको छ । शाही दम्पतीले देवीसरालाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
पीडितको देब्रे आँखा, टाउको, छाति र ढाडमा भित्री शरीररमा चोट लागेकोले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याई उपचार थालिएको छ । पीडितको स्वास्थ्य खतरामुक्त रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
कथित बोक्सी आरोपमा प्रहरीमा उजुरी दर्ता भएको थाहा पाएपछि पीडक पक्ष फरार भएको छ । घटनाको अनुसन्धान र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज डीएसपी ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।