काठमाण्डौ उपत्यकाका १५ कलेजमा नि:शुल्क कम्प्युटर प्रोग्रामिङ तालिम

 फागुन १३, २०७५ सोमबार १९:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विज्ञान र प्रविधि विषयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ‘युथ इन सोसल चेन्ज’ नामक संस्थाले विभिन्न विषयमा नि:शुल्क प्रशिक्षण दिने भएको छ । 

गत वर्ष जस्तै यस वर्ष पनि सस्थाले कम्प्युटर प्रोग्रामिङको क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई नि:शुल्क प्रशिक्षण दिन लागेको हो । ‘कोड फर चेञ्ज’ नाम दिएर कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका संयोजक निराजन क्षेत्रीले जानकारी दिनुभयो ।  

विज्ञान–प्रविधि विषयको अध्यापन हुने काठमाण्डाै उपत्यकाका विभिन्न १५ वटा कलेजमा यही शुक्रबारबाट कार्यक्रम सुरु गरिने संयोजक क्षेत्रीले बताउनुभयो । 

प्रशिक्षण कार्यक्रम सम्बन्धित कलेज व्यवस्थापनसँगको सहकार्यमा हुने भएकाले कार्यक्रममा सहभागी हुने विद्यार्थीसँग शुल्क नलिइने पनि उहाँले स्पष्ट पार्नुभयो । 

सहभागी विद्यार्थीहरुलाई उनीहरुको रुचि अनुसार वेब डिजाइन (सीएसएस, जाभा, एचटीएमएल, जेएस लगायत), सफ्टवेयर डेभलपमेन्टबारे आधारभूत ज्ञानका साथै अभ्यास गराइनेछ ।

दुई चरणमा विभाजन गरेर सञ्चालन हुने कार्यक्रमको पहिलो सत्रमा ‘फ्रन्ट–इन्ड डिजाइनिङ’ को बारेमा जानकारी दिइने र अर्को दिन प्रतिस्पर्धामार्फत उत्कृष्ट तीन जना छनोट गरेर कार्यक्रममा सहभागि गराईने संयोजक क्षेत्रीले बताउनुभयो ।   

प्रोग्रामिङको क्षेत्रमा अनुभवी प्रशिक्षकहरुले विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् । गएको वर्ष काठमाण्डौ उपत्यकाको विभिन्न पाँच वटा कलेजहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । अहिले भने कार्यक्रमका लागि माग धेरै भएकाले १५ वटा कलेजमा यस्तो कार्यक्रम गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

प्रशिक्षणमा सहभागीमध्ये एक जना उत्कृष्ट विद्यार्थी छनौट गरिने छ । उत्कृष्ट सहभागीलाई नगद पुरस्कारका साथै सस्थामा इन्टर्नसिपको समेत व्यवस्था गरिएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।  

कार्यक्रमलाई पाटन संयुक्त क्याम्पस, अर्किड इन्टरनेशनल कलेज र टेक्सास कलेजले सहयोग गरेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया