भाषाशास्त्री स्व. पोखरेलको सम्मानमा सार्वजनिक बिदा

 फागुन १४, २०७५ मंगलबार ७:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले शोक बिदा दिएको छ ।

गएको आइतबार निधन भएका पोखरेलको सम्मानमा विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिका भित्र सार्वजनिक बिदा दिएको हो ।

विराटनगर महानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठकपछि सूचना प्रकाशित गर्दै भाषाशास्त्री पोखरेलले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा पुर्‍याउनु भएको अमूल्य योगदान र उहाँ प्रति सम्मानका लागि शोक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

विराटनगर महानगरपालिका भित्रका १९ वटै वडा कार्यालयहरु, महानगरपालिका भित्रका सामुदायिक विद्यालय, संस्थागत विद्यालयहरुले शोक बिदा दिने सूचनामा उल्लेख गरिएको छ ।

वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर–१ मा रहेको परोपकार घाटमा आइतबार अन्त्येष्टि गरिएको थियो ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया