रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
भक्तपुर – सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यवसायिक रुपमा प्याराग्लाइडिङको उडान हुने भएको छ ।
आउँदो चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिइ उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष निर्भयबाबु प्रसाईले जानकारी दिनुभयो ।
भक्तपुरको सूर्यविनायकलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतको पहलमा प्याराग्लाइडिङ सञ्चालन हुने भएको हो ।
प्याराग्लाइडिङ संचालनका लागि करिब तीन करोडको लगानी रहेको बताउदै अध्यक्ष प्रसाईले गएको शनिबार रानीकोटबाट परीक्षणका रुपमा आठ वटा प्याराग्लाइडिङको उडान सफलता पूर्वक गुण्डुमा अवतरण गरेकाले अब चैतदेखि नै उडान सुरु गर्ने गरी तयारी सुरु गरेको बताउनुभयो ।
सूर्यविनायक ८ को पर्यटकीय स्थल रानीकोटबाट उडाएर वडा नं. ७ गुण्डु वडा कार्यालय नजिकै अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनको तयारी गरेको हो । यसका लागि गुण्डुमा १५ रोपनी जग्गा भाडामा लिएको बताउदै अध्यक्ष प्रसाईले हाल ७ वटा प्याराग्लाईडिङबाट दैनिक ४० वटा उडान भर्नेगरि तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो–“रानीकोटबाट उडेको प्याराग्लाईडिङ गुण्डुमा अवतरण गराउने छौै, आकाशमा ३० देखि ५० मिनेटसम्म उड्ने गरि व्यबस्थापन गरेका छौ, यसको माग बढेमा थप गर्दै लैजाने छौँ ।”
प्याराग्लाईडिङबाट काठमाडौँ उपत्यकाको मनोरम दृष्य, काठ क्षेत्रका मनोरम दृश्य, हिमालका दृष्यावलोकन गर्न सकिन्छ भने पाइलट बाबा आश्रम, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर, निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय चिडियाखाना लगायतलाई नजिकबाट नियाल्न सकिन्छ ।
प्याराग्लाइडिङको सफल उडानसँगै घोडा दौड, साइकलिङमार्फत पर्यटकलाई आकर्षित पार्ने विभिन्न मनोरञ्जनात्मक खेल सञ्चालनमा ल्याउने तयारी छ । सांसद बस्नेतले भक्तपुरमा पर्यटनको विकास गर्न र सरकारले ल्याएको पर्यटन वर्ष २०२० सफल पार्न प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन आफूले पहल गरेको बताउनुभयो ।
उहाँले सूर्यविनायक नगरपालिका क्षेत्रमा प्रशस्त पर्यटकीय आकर्षणका गन्तव्य रहेकाले ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन प्याराग्लाइडिङले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो । “रानीकोट र अनन्तलिङ्गेश्वर मन्दिरको डाँडामा भ्यूटावर बन्दैछ, यहाँ घरबासदेखि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने गरी अवधारणा र योजना अगाडि बढाएका छौँ, सूर्यविनायकलाई पर्यटकको आकर्षक गन्तव्यको केन्द्र बनाउँदैछौँ ।”
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरक्षेत्रलाई पूर्वाधार विकास र पर्यटन विकासको वर्षको रुपमा अगाडि बढाइएको बताउनुभयो । उहाँले नागरिकको आर्थिक अवस्था उकास्ने गरी पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले काम थालेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।