पूर्व राष्ट्रपति यादवद्वारा कानुन निर्माणमा हतार नगर्न सरकारलाई आग्रह

 फागुन १४, २०७५ मंगलबार १९:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पूर्व राष्ट्रपति डा. रामवरण यादवले कानुन निर्माणमा हतार नगर्न सरकारलाई आग्रह गर्नु भएको छ । 

पूर्व राष्ट्रपति यादवले सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पनि स्पष्ट पार्नुभयो । मंगलबार ललितपुरमा सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाद्वारा लिखित पुस्तक  ‘अदालतभित्र अदालत बाहिर’ को विमोचन गर्दै उहाँले कानुन निर्माणका लागि आवश्यक बहस गर्ने काममा न्यायालय केन्द्रित नभए लोकतन्त्र संकटमा पर्न सक्ने भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।

उहाँले न्यायालयभित्र धेरै सुधारको आवश्यक्ता पनि औंल्याउनु भयो । लोकतन्त्रलाई रक्षा गर्ने सबैभन्दा माथिल्लो निकायको रुपमा रहेको न्यायालयको सुधारमा केन्द्रित भएर लागि परेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पनि प्रशंसा गर्नु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले पुस्तकका लेखक तिमिल्सिनाको व्यक्तित्वको र उहाँद्वारा लिखित पुस्तकबारे प्रकाश पार्नु भएको थियो ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया