रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – राष्ट्रिय योजना आयोगले यो वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा मात्रै सीमित हुने बताएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।
यस्तै राष्ट्रिय योजना आयोगले ७ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । तर सरकारका आर्थिक सूचकांक हेर्दा यो वर्ष ७ प्रतिशतको हाराहारीमा मात्रै आर्थिक वृद्धि हुने देखिएको आयोगले जनाएको छ ।
‘यो आर्थिक वर्षमा ७ प्रतिशत वा ७ दशमलव १/२ प्रतिशत मात्रै आर्थिक बृद्धिदर हुने तथ्यांकहरु आइरहेका छन्, ८ प्रतिशत वृद्धि हुने देखिन्न’ योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले उज्यालो अनलाइनसँग भन्नुभयो ।
सरकारले ८ प्रतिशतको लक्ष्य राखेकोमा ७ प्रतिशतको हाराहारीमा विकास हुनु पनि धेरै राम्रो भएको उहाँको भनाई छ ।
‘हामीले गएका २ वटा आर्थिक वर्षमा लगभग साढे ६ प्रतिशत आर्थिक वृद्धि गर्न सफल भयौं, अहिले ७ प्रतिशत भयो भने पनि राम्रै मान्नुपर्छ’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।