रुखबाट लडेर चुराबहादुरको ढाड भाँचियो, बुवा भन्छन्, ‘उपचार गर्न पैसा भएन, कसैले हेरिदिए त हुन्थ्यो’

 फागुन १५, २०७५ बुधबार १३:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रुखबाट लडेर ढाड भाँचिएको छोरोको उपचार गर्न पैसा अभाव भएपछि प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर २ का नोचबहादुर खड्काले सहयोगको अपिल गर्नुभएको छ ।

जेठो छोरा चुराबहादुर खड्काको रुखबाट लडेर ढाड भाँचिएपछि अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 

‘ढाड भाँचिएकाले अप्रेसन गर्नुपर्छ भनेर डाक्टरले भनेका छन्, तर मसँग पैसा छैन,समस्यामा परेको छु’, घाइतेका बुवा नोचबहादुरले भन्नुभयो । गाउँमा किसानी गरेर बल्ल–बल्ल गर्जो टार्ने अवस्था रहेकाले छोराको उपचारको लागि लाखौँ रुपैयाँ कसरी जुटाउने भनेर आफूलाई भोक निद्रा लाग्न छाडिसकेको उहाँले गुनासो गर्नुभयो । 

काठमाण्डौमा बस्ने झिमरुक गाउँपालिका वडा नम्बर २ का व्यक्तिको पहलमा चुराबहादुर खड्काको लागि सहयोग संकलन अभियान पनि सुरु भएको छ ।

सहयोगी अभियन्ताहरुले घाइतेका बुवा नोचबहादुरको नाममा वाणिज्य बैंकमा खाता खोलेर सहयोग आह्वान गरेका छन् । वाणिज्य बैंकको खाता नम्बर ११५००४२५३७१० मा सहयोग रकम जम्मा गरिदिन पनि उनीहरुले आग्रह गरेका छन् । 

नोचबहादुरका माइला छोरा मजदुरीका लागि भारत जानुभएको छ, भने ८ वर्षको छोरा र छोरी सानै छन् । 

 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया