रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – ताप्लेजुङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
पाथिभरा क्षेत्रमा हेलिकप्टर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
‘हामीले धुवाँ उडेको ठाउँ देखेका छौँ, हिउँ पन्छाउँदै जानुपर्ने भएकाले समय लाग्छ’, ताप्लेजुङ प्रहरीले उज्यालोलाई जानकारी दिएको छ ।
दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो । पाथिभरा जाँदा त्यो हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि सवार हुनुहुन्थ्यो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
मन्त्री अधिकारीसहितको टोली त्यस हेलिकप्टरमा रहेको वा नरहेको भन्ने अहिलेसम्म केही जानकारी आएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।