रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
ललितपुर – प्राङ्गारिक कृषि पद्धति अपनाइ माटो र जीवन बचाउन आह्वान गर्दै शुक्रबारबाट ललितपुरको जावलाखेलस्थित फुटबल मैदानमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला आयोजना गरिएको हो ।
प्राङगारिक कृषि खेतीको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ मेला आयोजना गरिएको वरिष्ठ कृषि अनुसन्धान अधिकृत वासुदेव शर्माले जानकारी दिनुभयो ।
कृषि विभागको संयोजनमा आयोजना गरिएको मेलामा प्राङ्गारिक कृषि खेतीबारे जानकारी दिने खालका १ सय २५ वटाभन्दा बढी स्टल राखिएका छन । ३ दिनसम्म चल्ने मेलाको मुख्य आकर्षणको रुपमा ताजा कृषि उत्पादन, प्रशोधित कृषि उत्पादन, रैथाने बालीको खाद्य परिकार, कृषि सामग्री र प्रविधिहरु रहेको पनि बताइएको छ ।
मेलामा झण्डै २५ लाख बराबरको आर्थिक कारोबार हुने आशा पनि गरिएको छ । प्राङ्गारिक कृषि खेतीमा जोड दिन आह्वान गर्दै सरकारले १२ वर्षदेखि याे मेला आयोजना गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।