पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला – जुम्लाले पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको छ ।
पूर्व प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल गृह मन्त्रालयमा सरुवा भएपछि सिन्धुपाल्चोका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे जुम्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको छ । गृह मन्त्रालयले गरेको भर्खरै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवाअन्तर्गत बञ्जाडेलाई जुम्ला खटाइएको होे ।
शुक्रबार जुम्ला आइपुग्नुभएकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी बञ्जाडेलाई जुम्लामा भव्य स्वागत गरिएको छ । स्वागतसँगै पत्रकार भेटघाट गरेर परिचय कार्यक्रमसमेत प्रजिअ बञ्जाडेले शुक्रबार नै गर्नुभएको छ । पत्रकारहरुसँगको भेटमा प्रजिअ बञ्जाडेले जिल्लाको शान्ति, सुव्यवस्था र विकासका लागि पत्रकाहरुको भूमिका ठूलो भएको हुँदा आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले आफू कर्णाली आएर सेवा गर्ने धोको पूरा भएको भन्दै अब सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेमा सवैको साथ आवश्यक भएको बताउनुभयो । उहाँले महिला भनेर गरिने समाजको दृष्टि बदल्ने गरी कामसमेत गरेर फर्किने आशा गरेको बताउनुभयो । ‘सीडीओको रुपमा म आएको छु तर मलाई हेर्ने दृष्टिकोण महिला हुने भएकाले काम बढी गर्नुपर्नेछ’, उहाँले भन्नुभयो ।
अर्घाखाँची जिल्ला स्थायी घर भएकी प्रजिअ बञ्जाडेले जिल्लाको विकास र समसामयिक अवस्थालाई समेत पत्रकारहरुबाट वुझ्नु भएको छ । जिल्लाका विकास र समृद्धिमा यहाँका नागरिकहरुको अनुभूति गर्नेगरी योजना बनाउने र त्यसैअनुसार अगाडि बढनुपर्ने, मदिरा नियन्त्रण अभियान केवल रक्सी खन्याउने नभई उत्पादनमा कस्तो व्यक्ति वर्ग र कसरी भइरहेको छ, गहिरो अध्ययन गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।
शरद अधिकारी
March 1, 2019, 7:37 p.m.बधाई तथा सफल कार्यकालको शुभकामना । जुम्लाबासीलाई पनि बधाई क्षमतावान र सहृदयी प्र.जि.अ. पाएकोमा ।