रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै - पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषले शनिबार पशुपति परिसरमा शनिबार पत्रकार सम्मेलन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गठित विभिन्न उपसमितिले आ आफ्नो कार्यसम्पादन पुरा गरेको जनाएको हो ।
कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाइन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक-एक लाइन, जयबागेश्वरी ईँटापाखा भएर भुवनेश्वरीमा रहेकाे फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाईन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक-एक लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाइनहरु राख्ने तयारी गरिएको छ ।
आवस्यक परेको अवस्थामा भक्तजनको उपस्थिति हेरेर तिलगंगा राममन्दिर तर्फबाट समेत एक लाइन राख्न सकिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षालगायत सम्पूर्ण प्रबन्धका लागि नेपाल स्काउट समेतका गरी ५ हजार स्वयंसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ ।
कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन,लाईटिङ, स्वास्थ्य, वातावरण, सरसफाई, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रशारका लागि आठ वटा उपमिति गठन गरेको छ ।
दर्शनलाई सहज हुने गरि कैलाशमुनी, भुवनेश्वरी, बज्रघर, राममन्दिर लगायत ५ स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाइने भएको छ । सवारी पार्किङका लागि तिलगङ्गा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाव, गौशाला, सिफल, गुहेश्वरी पारी गरि ५ स्थान तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।