महंगा अनमोल बिना पारिश्रमिक काम गर्न तयार

 असार १०, २०७५ आइतबार १४:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सिनेमा उद्योगका महंगा अभिनेता अनमोल केसीले पहिलो पटक बिना पारिश्रमिक काम गर्ने भएका छन् ।

देशका चार प्रमूख शहरहरु (बुटवल, पोखरा, चितवन, विर्तामोड)मा हुन लागेको ‘अनमोल साँझ २०१८’ कार्यक्रममा उनले बिना पारिश्रमिक लाइभ प्रस्तुति दिने भएका छन् । शनिबार काठमाडौंको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरेर  कार्यक्रम आयोजक मोनिका इन्टरनेशनल गु्रपले ‘अनमोल साँझ २०१८’ बारे आधिकारीक जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा अनमोल स्वयम् उपस्थित भई कार्यक्रमको उद्देश्य तथा आफ्नो प्रस्तुतिबारे जानकारी दिएका थिए । भदौ ९ गतेबाट सुरु हुने यस कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निभाउने तथा नेत्रहिन महिला संघ नेपाललाई सहयोग गर्ने उद्देश्य लिइएको छ ।

चारवटै कार्यक्रममा अनमोलले नृत्य तथा गायन प्रस्तुत गर्नेछन् । सामाजिक कार्यको लागि कार्यक्रम गर्न लागिएकोले आफूले पारिश्रमिक नलिएको अनमोलले बताएका छन् । उनले पहिलो पटक आफ्ना प्रशंसकहरुसँग प्रत्यक्ष भेट्ने अवसर पाउने भन्दै खुशी पनि व्यक्त गरेका छन् ।

अहिलेसम्म आफूले सामाजिक कार्य नगरेको र यो निकै ठूलो अवसर भएको अनमोलको भनाई छ । उनले यो कार्यक्रमलाई आफ्ना प्रशंसकहरुसँग भेट्ने ठूलो अवसरको रुपमा लिएका छन् । यो कार्यक्रम भदौं ९ गते बुटवल, भदौ १६ गते पोखरा, भदौ २३ गते चितवन र विर्तामोडमा भदौ २७ गते हुने भएको छ । 
अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौंबाट सिधै कार्यक्रम स्थलमा पुग्ने बताइएको छ ।

यस कार्यक्रमका लागि अहिलेसम्म अभिनेत्री प्रियंका कार्कीले अनमोलसँग स्टेज शेयर गर्ने तय भएको छ भने अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाको भनाई छ । चारवटै शहरमा मनोरञ्जनात्मक कार्यक्रमको साथमा पर्यटन प्रर्बद्धन हुने, कला संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रमहरु तथा शिक्षा मूलक सडक नाटक तथा स्थानीय नयाँ प्रतिभालाई प्रोत्साहन समेत गरिने आयोजक संस्थाका अध्यक्ष कमल जिसीले जानकारी दिए ।
 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया